रोनाल्डो विना पनि कमजोर छैन रियल मड्रिड

real

  काठमाडौं । स्पेनिश फुटबल क्लव रियल मड्रिडले रोनाल्डो बिना नै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । यसले पनि के देखाउँछ भने रियललाई क्रिष्टियानो रोनाल्डोको अभाव खड्किएन । आइतबार राति भएको पहिलो खेलमा रियलले गेटाफेमाथि २–० को जित निकाल्दै रोनाल्डोबिना पनि रियल मड्रिड कमजोर नरहेको पुष्टि गरिदिएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन डानियल कार्वाजल र ग्यारेथ बेलले १–१ गोल गरे । कार्वाजलले २० औं मिनेटमा र बेलले ५१ औं मिनेटमा गोल गरेका हुन् । कमजोर खेलेको गेटाफेका ७ खेलाडीले पहेंलो कार्ड खाएका थिए । रियालका लागि मार्सेलोले पहेंलो कार्ड खाए । गत सिजन उपाधि दावेदारीबाट टाढिएको रियल यसपटक उपाधि जित्न चाहन्छ । लिगका आइतबार रातिका खेलमा सेभियाले राय भाएकानोलाई ४–१ ले, मयोर्काले ओसासुनालाई २–१ ले हरायो ।

Comments

Top