अब कसले किन्ला ज्ञानेन्द्रको यो शालिक ?, पाँच लाख लिनै बाँकी हुँदा अर्डर गर्ने बेपत्ता

gyanendra

   ललितपुर । जतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएर मुलुक हाँकिरहेका थिए, त्यतिबेला उनको जय जयकार गरेर सँधै पदमा बसिरहने र मुलुकलाई लुटिरहने झुण्डहरुको कमि थिएन । पूर्वराजा ज्ञानेन्द्रलाई चाकडी गरेर खुसी बनाउन ०६२/०६३ को जनआन्दोलनअघि झुण्डहरुले अनेकथरी गर्थे ।

त्यस्तै अनेकथरी गर्नेमध्ये तत्कालिन नेपालगञ्ज नगरपालिकाका कार्यकारी प्रमुख पनि थिए । नेपालगञ्ज नगरपालिकाले राजा ज्ञानेन्द्रको शालिक राख्ने भन्दै त्यतिबेला पाटन औद्योगिक क्षेत्रभित्र रहेको अरनिको स्टोन कारभिङ उद्योगलाई शालिन बनाउन अर्डर गर्यो । नगरपालिकाले ४ लाख रुपैयाँ एड्भान्स पनि बुझायो, ज्ञानेन्द्रको शालिक बन्दै थियो, तर एक्कासी जनआन्दोलनले उग्ररुप लियो । शालिक निर्माण भयो तर शालिक बनाउन दिने मान्छे कहिल्यै फर्केर आएनन् ।

९ लाख रुपैयाँमा निर्माण गर्न दिइएको सो शालिक अहिले पाटन औद्योगिक क्षेत्रभित्र अरनिको स्टोन कारभिङ उद्योगको भण्डारमा अलपत्र परेको छ । कलाकार धर्मराज शाक्य भन्छन्,‘दोस्रो जनआन्दोलन सफल भएपछि गणतन्त्र घोषणा भयो । त्यसपछि शालिक बनाउ दिने नै बेपत्ता भए । शालिक बन्यो तर बाँकी रकम कहिल्यै उठेन ।’

Comments

Top