‘बाँध माया’लेको प्रिमियर अष्ट्रेलियामा

badha mayale

  काठमाडौं । चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । उक्त चलचित्र नेपालमा भने असोज ५ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

अगष्ट २८ मा चलचित्रको शो अमेरिकामा पनि आयोजना हुने बताइएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, रविन्द्र प्रताप सेन, राजाराम पौडेल, विशाल चाम्लिङ लगायतका कलाकारको मुख्य भूमिका छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माणमा तयार भएको चलचित्रका सह–निर्माता महेन्द्र अधिकारी र केदार धिताल हुन् ।

Comments

Top