मिस टुरिज्म वर्ल्डवाइड नेपालको उपाधि साइनलाई

saina

  काठमाडौं । मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ को उपाधि साइना कुँवरले हात पारेकी छन् । काठमाडौं न्याथम कलेजकी कुँवरले १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज सँगै मिस फ्रेन्डशिपको अवार्ड समेत जितिन् ।

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको कार्यक्रममा आयुश्मा पोखरेलले फष्ट रनरअप र रश्मि पहारीले सेकेण्ड रनरअपको ताज पहिरिए । पोखरेलले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् भने पहारीले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुलको पनि उपाधि जितिन् ।

त्यसैगरी पुनम घिमिरे थर्ड रनरअप भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि विधागततर्फ भने समिक्षा रेग्मीले मिस हार्ड वर्किङ सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल र सरिना नापितले मिस पर्सनालिटी अवार्ड जिते ।

त्यस्तै बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी, बेस्ट वाकको उपाधि रविना श्रेष्ठले हात पारे । सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन् ।

कार्यक्रमको निर्णायकमा गायक आनन्द कार्की वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक, संचारकर्मी तथा समाजसेवी किशोर भट्टराई तथा संगितकार रोशन भट्टराई रहेका थिए ।


प्रतियोगितामा विजेता कुँवरले नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर र इन्डोनेशियामा हुने बिश्वब्यापी पर्यटन र संस्कृति प्रवर्द्धन सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन ।
सिङ्गापुरको लुमिनी ईन्टरनेशनल संगको सहकार्य संगै नेपाल पर्यटन बोर्डको सहयतामा देशको संस्कृति तथा पर्यटन अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा अन्तिम १५ प्रतिस्पर्धी छनौट गरिएको थियो ।

Comments

Top