पोशाकमा कुरा नमिलेपछि ट्याक्सी ड्राइभरलाई ज्याकेट

taxi

  काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटक–पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि अन्नतः ज्याकेट दिएर समस्याको समाधान गरिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरले पहेँलो फ्लोरेसेन्ट ज्याकेटको लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको हो ।

महाशाखाका अनुसार अब बुधबारदेखि ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाउनु पर्ने नियम लागू गरिने छ । चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको साटो ज्याकेट लगाउनु पर्ने व्यवस्था लागू गरिएको महाशाखाले जनाएको छ ।

ट्याक्सी ड्राइभरहरुले ज्याकेट नलगाए पहिलो चरणमा सचेत गराउँने र ‘त्यसपछि पनि अटेर गरे कानुनको दायरामा ल्याउने बताइएको छ । यातायात व्यवस्था कार्यालय, बागमती मातहत हाल ११ हजार ट्याक्सी चालक रहेको जनाइएको छ ।

Comments

Top