कञ्चनपुरमा आज पनि गोली चल्यो, एकको मृत्यु, दुई दर्जन घाइते

kishwor

  काठमाडौं । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
१३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्याको प्रहरी अनुसन्धानमा असन्तुष्टी जनाउँदै शुक्रबार महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षिय किशोरको मृत्यु भएको छ । कञ्चनपुरका एसपी कुबेरसिंह कठायतका अनुसार प्रहरीको गोली लागी महेन्द्रनगर भगतपुरका सन्नी खुनाको मृत्यु भएको हो ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन्। गोली लागी गम्भीर घाइते भएका ७ जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ। लाठीचार्ज र भागदौडबाट घाइते भएका १७ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार दिउँसोसम्म शान्त रहेको बजार क्षेत्रमा एकाएक आन्दोलन उग्रभएपछि प्रहरीले गोली चलाएको हो। जिल्ला प्रशासन कार्यालयको गेटमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा प्रहरीले ३० राउन्डभन्दा बढी गोली चलाएको थियो।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए । बिहीबार पनि आन्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।

सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सह(सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।

Comments

Top