एसपी विष्टलाई निलम्बन गर्न निर्देशन

Sp Bista

  काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार(हत्या काण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गर्ने भएको छ। गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।

१३ वर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । उनको नेतृत्वमा रहेको प्रहरीले आन्दोलनमा गोली चलाउँदा एक दर्जन घाइते पनि भएका थिए ।

स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको थियो । तर, नयाँ नेतृत्व पुगेकै दिन प्रहरीले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

Comments

Top