रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा ३० जना बेपत्ता

nadi

  काठमाडौं । रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा ३० जना यात्रु बेपत्ता भएका छन्। तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार डुंगामा ४० जना सवार रहेको हुनसक्ने जनाएको छ । १० जनाले भने पौडिएर ज्यान जोगाएका छन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार डुंगा नै फुटेको छ । यात्रुकाे संख्या यकिन नभएकाले अझै बढ्न सक्ने प्रहरीकाे भनार्इ छ । 

अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा समस्या भएको उनीहरुले बताए ।

Comments

Top