अपडेट : डुंगा दुर्घटनामा परेका २१ जनाको उद्धार, दुईको शब भेटीयो, तीन जना अझै बेपत्ता

lal bakaya

 काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ भने दुर्इ जनाको शव फेला परेको छ। डुंगा दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत्यु हुनेमा इस्नाथ नगरपालिका औरैयाकी ३५ वर्षीया रूनादेबी पटेल र गौर नगरपालिका– ४ की ५० वर्षीया शान्ती देबी शाहको रहेका छन्।

हराइरहेकामा ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । डुंगा दुर्घटना हुने बेला करिब ३० जना रहेको अनुमान गरिएको थियो । तर, प्रहरीका अनुसार अहिले भने डुंगामा २६ जना रहेको बताइएको छ ।

डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ ।

 

Comments

Top