दाहालको तीज गीत सुन्त ओइ सुन्तली मेरा बुडा झड्के (भिडियो सहित)

mero budo

 काठमाडौं । नेपाली संगीतमा जम्दै गरेका गायक तथा संगीतकार पुरुषोत्तम दाहालले हिन्दु महिलाहरुको तिजको अबसरमा एउटा फरक मौलिक तीज गीत लिएर आएका छन् । गीतले श्रीमान्ले मादक पदार्थ सेवन गरे पछि श्रीमती माथी हुने घरेलु हिंसाका घटनामा आधारीत बिषयबस्तुलाई समेटेको छ ।

गीत श्रीमान् श्रीमती बिचको कुराकानीमा आधारति रहेको छ । यस गीतको शब्द तथा संगीत घमन रानाले सृजना गरेका हुन् । सुन्त ओइ सुन्तली मेरा बुडा झड्के अहिले चर्चामा रहेको छ ।

तिज पर्वको अवसरमा बजारमा आएका गीतहरुको तुलनामा यस गीत मौलिकतामा आधारीत र समाजको यथार्थ परक रहेको छ । यस गीत को अरेन्न्जर सागर बिरहीले गरेका हुन् भने गीतमा गायक पुरुषोत्तम दाहाल र शान्ता पारीयारले आवाज दिएका छन ।

भिडियो कमेडी बनेको छ । भिडियोमा टेन्सन भो नामक टेलिसिरियलका मुख्य भूमिकामा खेल्ने पात्र प्रोडुसर कर्ण प्रिया धिताल (झड्के) सुमी रार्इ र अर्की सुन्तली भूमिकामा सिभा, र हर्के भूमिकामा जि बी पाण्डेको जिवन्त अभिनए देख्न्न सकिन्छ । भिडियो म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

Comments

Top