प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

kp oli

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् ।

Comments

Top