घर भत्किदा १० वर्ष मुनिका तीन अबाेध बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु, एक बालिका गम्भिर घाइते

सल्यान

 काठमाडौं । सल्यानको वागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँसमा घर भत्किदा एकै परिवार ५ जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ वर्षीय रामबहादुर सहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अविरल वर्षा भइरहेको बेलामा सुतिरहेका रामसिंहको परिवारलाई एक तले घरको ‘दलीन’ भाँचिएर घरको तलाले नै किचेको को । सँगसगै घरको भित्ता पनि भत्किएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा घर भत्कीएपछि ५ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । खाना खाएर सुतिरहेका रामसिंह विक, ३५ वर्षकी रामकला विक ७ वर्षिय गंगा विक, ६ वर्षिय प्रमिला विक र ४ वर्षका रुपलाल विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्रवहादुर शाहले जानकारी दिए । घटनामा परेकी ११ वर्षीय छोरी सुनितालाई भने जीवितै उद्धार गरिएको छ। उनी गम्भीर घाइते भएकी छन् ।

Comments

Top