बिम्स्टेक सम्मेलनः आज बिजोर सवारी साधनको पालो

Bimstec road

 काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू भए पनि अन्य समयमा भने पूर्ववत रुपमा सवारी साधन सञ्चालन हुनेछन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भोलीबाट बिहीबाट काठमाडौंमा सुरु हुँदैछ। सरकारले बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै आजबाट सवारी साधनहरुमा जोर–विजोर प्रणाली लागू गरेको छ ।

जोर–बिजोर प्रणाली लागू भएको पहिलो दिन आज बिजोर सवारी साधन संचालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार भदौ आज र १५ विजोर दिनमा विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ वा ९) भएका सवारीसाधन चल्नेछन् भने भोली अर्थात १४ गते जोर दिनमा जोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन्।

महाशाखाले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेक सबै सावरीसाधनमा आजदेखि जोर–बिजोर प्रणाली लागू भएको जनाएको छ। बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन्।

Comments

Top