बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न

bimstec sampanna

 काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सोल्टी होटलमा आयोजित दुई दिने सम्मेलन अठार बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो। राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो ।

समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन्। अध्यक्षता हस्तान्त्रण गर्दै प्रधानमन्त्री ओलीले नेपालले बिमस्टेकको अध्यक्षता ग्रहण गरे यताका चार वर्ष सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार प्रकट गरे। साथै नयाँ अध्यक्ष राष्ट्र श्रीलङकालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा सहभागी थिए।

सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन्। बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ।

त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन्। जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेका छन्।

त्यसैगरी बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ। यसमा आतंकवादमा लगानी पनि रहेका छन्।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ।

 

Comments

Top