घरमा पुजा भएको दिन कञ्चपुरमै फेरि अर्की किशोरी बलात्कृत

balatkar

 काठमाडौं । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरी अर्की एक किशोरी बलात्कृत भएकी छन् । पन्तको बलात्कारको घटनामा प्रहरीले नै सत्य तथ्य लुकाउन खोजेको भन्दै आन्दोलन हुँदा एक जनाको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए । पन्त काण्ड सेलाउन नपाउँदै कञ्चनपुरमै अर्को बलात्कारको घटना बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरकाका अनुसार बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको बताइएको छ ।

प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएको र मोटरसाइकलमा लगेर सामूहिक बलात्कार गरेका थिए । प्रहरी घटनास्थलमा पुगिसकेको र बलात्कार गर्नेहरु पहिचान भइसकेको हुँदा फरार रहेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पन्त बलात्कारको अनुसन्धानका क्रममा कञ्चनपुर प्रहरी प्रमुख निलम्बलमा परेपछि अहिले त्यहाँ एसपी कुवेर कडायत प्रमुख छन् । उनले पनि मौखिक रुपमा बलात्कार भएको जानकारी आएको र फरार बलात्कारीहरुको खोजी भइरहेको जनाएका छन्

 

Comments

Top