नबिनाको सेटिङमा एसएसपीले छाडेका गुण्डा नाइके सत्यमान पुन: पक्राउ

lamasatya

 काठमाडौं। सांसद नविना लामाले छुटाएकी गुण्डा नाइके सत्यमान लामा पुन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको  टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट पक्राउ गरेको  महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

 लामाले मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई  धम्की दिएको जाहेरी परेपछि महाशाखाले पक्राउ गरेको हो  । लामाबारे थप अनुसन्धान भईरहेको छ एसएसपी  सिंहले जानकारी दिए । पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै लामाले काठमाडौं छाडेका थिए ।

 दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ । दिल्लीमा पक्राउ परेका काभ्रेली गुण्डा नाइके दावा लामाका मुख्य सहयोगी समेत रहेका सत्यमानलाई यसअघी काठमाडौं परिसरका तत्कालिन प्रमुख बिश्वराज पोखरेलले पक्राउ गरेको सात घण्टामै छोडेका थिए। 

 सत्यमानलाई नेकपाकी सांसद नबिनाको सेटिङमा पोखरेलले छाडेपछि पोखरेल बिबादमा तानिएका थिए। सत्यमानबिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको थियो  । 

Comments

Top