तिज तिज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै जनप्रिय

janapriya

 काठमाडौं । जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा ‘तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५’ हुने भएको छ । ‘हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔ’ भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली चोकमा रहेको राजधानी ब्याङ्क्वेट एण्ड मल्टी भेन्युमा तिजी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

रुकुम पूर्व पश्चिम यातायात प्रालि, रुकुमेली ट्रभल्स एण्ड टुर प्रालि काठमाडौं र अनुग्रह मनिट्रान्फर मुख्य प्रायोजक रहेको महोत्सवलाई श्री आदर्श मावी भुपू विद्यार्थी परिवार, विस कोट १४ घेत्मा, होटल कमल ताल बसन्तनगर, मोनाल गेष्ट हाउस बसन्तनगर, करिष्मा गेष्ट हाउस बसन्त नगर तथा रुकुम यातायात प्रालि ले सहप्रायोजन गरेको छ । यस्तै महोत्सवलाई आनन्द पुन समाजसेवी, न्यु भ्याली कोल्ड स्टोर हात्तिगौँडा, राप्ती रुक्मेली धर्तीमाता गेष्टहाउस मित्रनगर, होटल माउण्ट एभरेष्ट मित्रनगर, सानोभेरी यातायात समितिले प्रायोजन गरेको छ ।

तिज महोत्सवमा वरिष्ठ लोक तथा दोहरी गायक गायिकाहरु बिमाकुमारी दुरा, दीला विक, किरणबाबु पुन, पुर्णिमा सेन, रमेश डाँगी, तिलक परियार, सूर्या पुन, आशा पुन, अमित परियार, कपिल मगर नेपाली दाई मनिषा ओलीलगायतको विशेष प्रस्तुती रहने आयोजक जनप्रिय इभेन्ट म्यानेटमेन्टका प्रबन्ध निर्देशक उनबाहादुर तामाङले जानकारी दिए ।

त्यस्तै महोत्सवमा हस्याकलाकार प्रकाश काँडेल गुलेलीले पेटमिची हँसाउने छन् । महोत्सवमा आधुनिक गायक प्रकाश रन्काको विशेष प्रस्तुती रहने छ भने मोडल आयुषा राईले आफ्नो कला प्रस्तुत गर्नेछिन् ।

त्यस्तै महोत्सवको अफिशियल मिडियाको रुपमा सञ्चार खबर डटकम तथा रेडियो काठमाडौं रहेका छन् । स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्ट यो कार्यक्रमलाई पनि भव्य बनाउने तयारी गरिरहेको छ । कार्यक्रममा पूर्व गृहमन्त्री, खेलकुदमन्त्री देखि अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

Comments

Top