अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस

nabin

 काठमाडौं । २०७१ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा बनाउन सिफारिस गरिएको छ । संवैधानिक परिषदको आज बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो ।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । प्रमुख आयुक्तमा सिफारिस घिमिरेले रक्षा र गृहसचिव भएर काम गरिसकेका छन् । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुन १ देखि अख्तियार प्रमुख रिक्त थियो।

Comments

Top