ब्राजिलमा राष्ट्रपतिका उम्मेदवारमाथि कसले हान्यो छुरा ?

jair

 काठमाडौं । ब्राजिलमा राष्ट्रपतिका उम्मेदवार जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ । अर्को महिना हुने राष्ट्रपतिको चुनावका उनी मुख्य प्रतिष्पर्धी ठानिएका थिए । सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन ।

दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि छूरा प्रहार भएको हो । छुरा उनको पेटमा लागेको छ । छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालले उनको अवस्था गम्भीर भए पनि निको हुने अपेक्षा गरेको छ ।

‘बोल्सोनारोको अवस्था गम्भीर छ । रक्तश्रावका कारण ब्लडप्रेसर कम छ’, उनको उपचारमा संलग्न ग्लाउसियो साउजा हस्पिटलका एक चिकित्सकलाई कोट गर्दै दी गार्जियनले समाचार लेखेको छ ।

 

Comments

Top