चिठ्ठा कार्यक्रममार्फत एनसेलको नयाँ ठगी, नियमन निकाय नै चुप

ncellek

 काठमाडौं । एनसेल एक्जियटाले अनुमति नै नलिइकन  रिचार्ज एण्ड विनको नयाँ स्किम ल्याएर ठगीको  नयाँ तरिका अपनाएको छ । एनसेलले टेलिकम क्षेत्रको  नियमन  निकाय नेपाल दुरसंचार प्राधिकरण  कमजोर भएको बेलामा  कुनै पनि सरकारी निकायसँग अनुमति नै नलिइकन चिठ्ठा कार्यक्रम सञ्चालन गरेको छ । 

 एक हप्तादेखि एनसेल प्रयोगकर्ता ग्राहकको मोबाइल नम्बरमा एक सय रुपैयाँको रिचार्ज गर्नुहोस र एक लाख रुपैयाँसम्मको पुरस्कार जित्नुहोस भनेर एनसेलले एसएमस पठाएर सरकारी निकायलाई नै चुनौति दिइरहेको छ । 

 यसअघी यस्तै चिठ्ठा  कार्यक्रम २०६९ सालमा पनि सञ्चालन गरेको थियो । तर, नेपाल दूरसञ्चार प्राधिकणले चेतावनीपूर्ण पत्र पठाएपछि चिठ्ठा कार्यक्रम स्थगित गरेको थियो । यो शनिबारसम्म एक सय रुपैयाँसम्मको रिचार्ज गर्ने ग्राहकले एक लाख रुपैयाँ जित्ने  भनि एनसेलले प्रचारमा ल्याएको छ । राज्यका कुनै पनि निकायसँग अनुमती नलिइकन संचालन गरिने यस्ता कार्यक्रममार्फत एनसेलले करोडौ रकम ग्राहकबाट असुलेको प्राधिकरण स्रोतले उल्लेख गरेको छ ।  

एनसेलले सोहि प्रकृतिको  कार्यक्रम पुन: २०७० सालमा पनि ल्याएर ग्राहकलाई झुक्याउने योजना बनाएको थियो ।  तर, दुरसंचार प्राधिकरणले पुन : पत्र पठाउँदै उक्त कार्यक्रम सञ्चालन गर्न दुरसंचार कम्पनीले नपाउँने भन्दै पत्र पठाएको थियो । 
सोहि प्रकृतिको कार्यक्रम यस पटक दुरसंचार प्राधिकरण नेतृत्व विहिन भएको बेला पुन सञ्चालन गर्दै ग्राहकलाई उल्लु बनाइरहेको छ । 

 दुरसंचार प्राधिकरणका एक अधिकारीका अनुसार उक्त कार्यक्रम प्राधिकरणको अनुमति नै बिना संचालनमा ल्याइएको  र यस्तो कार्यक्रम रोक्न पत्र पठाइने जानकारी दिएको छ । राज्यलाई ६५ अर्ब रकम  लाभकर नबुझाएर बिभिन्न सरकारी निकायलाई प्रभावमा पार्दै आएको एनसेलको मुख्य शेयरहोल्डर एक्जियटाले आफ्नो स्वामित्व एक बिदेशी कम्पनीलाई बिक्री गर्न लागेको समेत एनसेल स्रोतले वतायो ।  

Comments

Top