बिमस्टेकलाई छाडेर चीनसँग सैन्य अभ्यास गर्दै नेपाली सेना

nepali sena

 काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) पछि नेपाली सेनाले संयुक्त सैन्य अभ्यास गर्ने चर्चा शुरु भयो । विमस्टेकमा सहभागी सात राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भोलीबाट भारतको पुणेमा हुँदैछ ।

नेपाली सेनाले पनि उक्त अभ्यासमा सहभागी हुने जनाएको थियो । सरकारले पनि त्यसलाई सकारात्मक रुपला लिनुपर्ने बताएको छ । विमस्टेक सम्मेनल पछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई जवाफ दिंदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि सैन्य अभ्यासलाई सकारात्मक रुपमा लिन आग्रह गरेका थिए । तर, त्यसको केहि दिन पछि नै उनले मन्त्रीपरिषद्को बैठबाट निस्केर सैन्य अभ्यासबारे आफूलाई थाहा नभएको भन्दै पन्छिएका थिए ।

सैन्य अभ्यासको बारेमा विभिन्न टिका टिप्पणी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई भाग नलिन निर्देशन दिएका थिए । त्यसैले नेपाली सेना विमस्टेक सैन्य सम्मेलनमा सहभागी नहुने भएको छ।

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पुणे जाने तय भएको थियो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पहिले रक्षा मन्त्रालयबाट स्वीकृति लिएरै जान लागेको तर अहिलेसम्म टोली उता नगएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशनको औपचारिक पत्र नआईपुगेको पनि उनले बताए ।

काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए। यसबारे संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए।

बिमस्टेकको सैन्य अभ्यासमा सहभागी हुने निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएपछि अन्तिम समयमा सरकारले सहभागी नहुन निर्देशन दिएको हो।

तर, नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भने असोज १ गतेदेखि सैन्य अभ्यास हुने भएको छ। प्रवक्ता भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो। नेपाल र चीनको संयुक्त सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ।

Comments

Top