राष्ट्रपतिद्वारा प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान

purnachandra thapa

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। आइतबार बिहान राष्ट्रपति निवासमा एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरेकी हुन्।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतको सहभागिता रहेको थियो । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।

 

Comments

Top