नेविसंघको महाधिवेशन कार्तिक १६ गते

nsu

 काठमाडौं । लामो समयदेखि चल्दै आएको नेपाल विद्यार्थी संघ भित्रको विवाद अन्त्य हुने संकेत देखिएको छ । नेविसंघको संस्थापन र अर्को पक्ष एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेसँगै विवाद अन्त्य हुने देखिएको हो ।

अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले सहित नेविसंघ भित्रका सबै समूहहरु संघको १२औँ महाधिवेशन १६, १७ र १८ कार्तिकमा गर्नका लागि सहमत भएका छन् । १२ औं महाधिवेशनका लागि अध्यक्ष महरले कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको बैठकमा मिति प्रस्ताव गरेका हुन ।

बैठकमा अध्यक्ष महरले महाधिवेशनको विकल्प नरहेको भन्दै मिति प्रस्ताव गरेका थिए । प्रस्तावित तालिका अनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि सुरु हुनेछ । प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन ७ असोजबाट मावि तथा क्याम्पसको अधिवेशन सुरुवात गरेर हुने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

यस्तै १२ असोजमा महानगर उपमहानगर र गाउँको अधिवेशनको प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशतर्फको क्षेत्रमा भने १५ असोज, जिल्लातर्फ २१ असोज र उपत्यकाका क्याम्पसहरूमा २३ असोजमा अधिवेशनको प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।

यसैगरी प्रदेशतर्फको अधिवेशन भने १० र ११ कात्तिकमा गर्ने गरि मिति प्रस्ताव गरिएको छ । महाधिवेशनका लागि १३ कात्तिकमा प्रतिनिधि टुंगो लगाउने १४ कात्तिकमा दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका प्रस्तावित छ ।

महाधिवेशनको उद्घाटन १६ कात्तिकमा हुने र बन्दसत्र १७ गते गर्ने तथा १२ औँ महाधिवेशनका लागि मतदान १८ कार्तिकमा गते अध्यक्ष महरको प्रस्ताव छ ।

बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्ताव गरेका छन । हाल नेविसंघको विधानमा ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान छ ।

Comments

Top