ललितपुरमा अपराध घटाउँदै एसएसपी धानुक, यसरी पक्राउ परे पेसेवर लुटेरा समूह

ssp rabindra dhanuk

 काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी रविन्द्र धानुक आएसँगै जिल्लाका आपराधिक क्रियाकलाहरुमा कमी आएको छ । ललितपुरका मुख्य स्थानहरु लगनखेल, सातदोबाटो, पुल्चोक, ग्वार्को, पाटन, मंगलबजारलगायतका क्षेत्रहरुमा दिन प्रतिदिन बढ्दै गएका लुटपाट र अपराधका घटनाहरु विस्तार कमै हुँदै गएका छन् । ललितपुर प्रहरीले चाडपर्बहरुलाई मध्यनजर गरी ब्यापक प्रहरी परिचालन गरी चोरी, लुटपाट, लागूऔषध, गुण्डागर्दीलगायतका अपराधमा संलग्न बिभिन्न ब्यक्तिहरुलाई पक्राउगरेसँगै ललितपुरका आपराधिक क्रियाकलापहरु केही हदसम्म भएपनि कम हुँदै गएका हुन् ।

परिसरका प्रमुख एसएसपी धानुक भन्छन्–‘चाडपर्वका मुखमा हुने आपराधिक क्रियाकलाप, लुटपाट, महिला हिंसा, गुण्डागर्दीमा शुन्य सहनशिताका साथ काम गरिरहेका छौं । त्यसैले पनि जिल्लाभित्रको शान्ति सुरक्षा तथा अपाराध नियन्त्रण कार्यमा उल्लेखनिय सफलता प्राप्त भएको छ ।’ ललितपुर तथा काठमाडौंको ठमेल र नयाँ बसपार्क क्षेत्रमा सुनका गहना लुट्दै आएको लोलिनकाजी महर्जन र शैलेश ताम्राकारलाई पक्राउ गरेसँगै लुटपाटकाे श्रृंखला नै बन्द भएको परिसरकाे दावी छ । उनीहरु पेसेवर लुटेरा रहेको पनि प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी धानकुले भने–‘शैलेश र लोलिनले लुटपाट गरेर धेरैलाई दुःख दिएका रहेछन्, उनीहरु पक्राउ परेसँगै लुटपाटको एउटा श्रृंखला नै अन्त्य भएको छ ।’ सिक्री लुट्दै आएका लोलिनले सिक्री लुटेको पैसाले लागुऔषध सेवन गर्ने गरेको पनि एसएसपी धानुकले बताए ।

चोरीकै स्कुटर प्रयोग गरी निरन्तर रुपमा महिलाहरुको सुनका सिक्रीहरु लुटपाट गर्दै आएका उनीहरुलाई प्रहरीले भदौ २१ गते ललितपुरको गाबाहालबाट स्कुटरसहित पक्राउ गरेको थियो । उनीहरुले स्कुटरको नम्बर नै परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्दै आएको समेत खुलेको छ ।

ललितपुर महानगरपालिका–१६ इखालखु घर भई गाबहाल बस्ने ताम्राकार र ललितपुर महानगरपालिका लुखुशी बस्ने महर्जनले विगत लामो समयदेखि नम्बर परिवर्तन गरिएको बा५४प ४७६९ र बा ९५ प ४०६२ स्कुटर प्रयोग गरी लुटपाट गर्दै आएका थिए । उनीहरुले चलाएको अघिल्लो स्कुटरको वास्तविक नं. बा८५प ४०६२ र पछिल्लो स्कुटरको वास्तविक नं. बा९५प ५८९९ रहेको पनि खुलेको छ ।

पक्राउ परेका ताम्राकार र महर्जनको साथबाट प्रहरीले सुनको सिक्री ५ थान, लकेट १ थान, विलबुक थान २, सुन जोख्ने मेसिन १ थान र मोटरसाईकलमा प्रयोग हुने प्लेट नम्बरसमेत बरामद गरेको छ ।

त्यसैगरी ललितपुर प्रहरीले रातको समयमा चोरी गर्न घर भित्र प्रवेश गर्नेलाई समेत पक्राउ गरेको छ । एसएसपी धानुकको निर्देशनमा बिशेष योजना बनाई प्रहरी परिचाल गरिएकोमा सानेपा क्षेत्रमा रातको समयमा बिभिन्न सर्बसाधारण ब्यक्तिको घर भित्र प्रवेश गरी चोरी गर्नेहरु पक्राउ परेका हुन् ।

प्रहरीले भदौ १७ गते राति करिव १ बजे सानेपा स्थित योगेश श्रेष्ठको घरमा प्रवेश गरी चोरी गर्न लागेको अबस्थामा सुरेश बर्माशाखालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बर्माशाखाले सानेपाकै गौरी शंकर डंगोलको घरमा समेत चोरी गरेको खुलेको छ । प्रहरीले सुनकोशी–५ सिन्धुली स्थायी घर भई हाल किर्तिपुर बस्ने बर्माशाखाको साथबाट प्रहरीले गौरी शंकर डंगोलको घरबाट चोरी गरी लगेका ब्यूलु बुक, घडी, चश्मा बरामद गरेको छ । समेत ।

ललितपुर प्रहरीले साउन १४ गते अवैध लागूऔषध कारोबारीलाई समेत पक्राउ गरिसकेको छ । विशेष सुराकीको आधारमा ललितपुर परिसर र प्रहरी प्रभाग पुल्चोकबाट खटिएको बिशेष टोलीले अवैध लागूऔषध निट्राभेटसहित बिनोद खरेललाई पक्राउ गरेको हो । निजगढ–९ बारा स्थायी घर भएका प्रहरीले छाःवाहालबाट पक्राउ गरेको हो । उनको साथबाट NITRAVET-10 लेखिएको १५०० थान ट्याप्लेट बरामद गरेको थियो ।

lutera group

त्यसैगरी भदौ १४ गते मचागलबाट अबैध लागूऔषध निट्राभेटसहित आयुष बस्नेत र सुजन सुवेदीलाई पक्राउ गरिएको एएसपी धानुकले बताए । ‘अवैध लागूऔषध एप्पलको कारोबारमा संलग्न पिन्की गिरी र बिकाश स्याङताङलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी धानुकले बताए ।

बिषेश सुराकीको आधारमा भदौ १८ गते मानभवनबाट अबैध लागूऔषध फेनरागन, नुर्पिनर डाईजापम गरी जम्मा १३५ थान एम्पल फेला पारी बरामद गरिएको परिसरले जनाएको छ ।

‘ललितपुर प्रहरीले अपराधमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्नुका साथसाथै परिवर्तित नयाँ कानुन मुलुकी फौजदारी अपराध संहिता लागु हुने क्रममा यस परिसर पेण्डिङ्गमा रहेका १८२ वटा मुद्दाका मिशिल समेत फरछ्यौट गरिसकेको छ ।’ धानुकले भने ।

टोल–टोलमा प्रहरी अभियान सञ्चालन गरिएको बताउँदै प्रहरी प्रमुख धानुक भन्छन्–‘ रात्रिकालिन समयमा साँझ ६ बजेदेखी बिहान ६ बजेसम्म विशेष चेकजाँच समेत शुरु गरिएको र नयाँ सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरिएको हुँदा पेसेवर लुटेरा र अबैध लागूऔषध कारोबारीहरु पक्राउ परेका हुन् ।’

गुण्डागर्दी तथा अपराध नियन्त्रण गर्ने कार्यको लागि एसएसपी धानुक आफै परिचालित भई मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ्ग गरी शुन्य सहनशिलतामा कार्य गर्न निर्देशन दिइरहेको हुँदा ललितपुर परिसरलाई सफलता मिलेको हो परिसरकै प्रहरी अधिकृतहरु बताउँछन् ।

एसएसपी धानुकका अनुसार ललितपुर प्रहरीले नेपाली महिलाहरुको मुख्य चाड हरितालिका तीज र विजया दशमी, तिहार र छठमा हुनसक्ने चोरी, डकैती तथा पाकेटमारीको घट्ना नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर प्रहरी परिचालन शुरु गरिसकिएको छ ।

Comments

Top