जापानमै बसेर मोडलिङ गर्दै रविन

rabin

 काठमाडौं । मोडलिङ क्षेत्रमा जम्दै गर्दा चार बर्ष अघि रोजगारीको लागि जापान पुगेका झापाका रबिन खड्काले जापानमै मोडलिङ पेशालाई पनि निरन्तरा दिइरहेका छन् । जापन जानु अघि नेपाली चलचित्रमा समेत अभिनय गरीसकेका खड्काले अहिले भने पप गायक प्रमोद निर्बानले सार्वजनिक गरेको ‘बादलू उड्ने हिमाली पाखामा’ मोडलिब गरेका छन् ।

गितमा उनलाई सीमा र नाभीले साथ दिएका छन् । यस अघि पनि उनले चर्चित गायिका अञ्जु पन्तले स्वर दिएको 'सजिएको मुटु माँझ राखे तिमीलाई’ बोलको गितमा मोडिलिब गरेका थिए ।

नेपालमा हुँदा मोडल खड्काले म बिर्सु कसरी, तिमी जाँहा भएपनि, शिबा द लिडरलगायतका आधा दर्जन भन्दा बढी चलचित्रमा आफ्नो क्षमता देखाई सकेका थिए । प्रमोदले सार्वजनिक गरेको नयाँ गीतमा आवाज मात्र नभएर शब्द, संगीत र संकलन पनि स्वयंले गरेका छन् । सानै देखि संगीतमा लगाव राख्ने उनी वि.स २०५३ मा पहिलो पटक ।।।सस्पेन्स’ नामक म्युजिक ब्याण्डबाट उदाएका गायक हुन् ।

बिबहोरे पोख्ररेलले निर्देशन गरेको भिडियोलाई अर्जुन सापकोटाले खिचेका हुन् । दर्शक तथा स्रोताको मन मस्तिष्कमा बस्न सफल भइसकेको यस ब्याण्डको नयाँ गीतलाई पनि दर्शकहरूले रुचाइरहेका छन् । भिडियोमा रबिन, सीमा र नाभीको अभिनय देख्न सकिन्छ ।

Comments

Top