अरुको एटीएम प्रयोग गरी रकम चोरी गर्ने तीन भारतीयसहित चार जना पक्राउ

atm chor

 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले अन्य व्यक्तिको एटीएम कार्ड प्रयोग गरी पैसा निकाल्ने गिरोहलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले ठमेलस्थित एक होटलबाट रकम चोरीको अवैध कार्यमा संलग्न तीन भारतिय नागरिकसहित चार जना पक्राउ गरेको हो ।

एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मी र नेपाली नागरिक अनुज नकर्मीलेलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । विगत एक महिनादेखि ठमेलमा बस्दै आएका उनीहरु चोरीको रकम लिएर क्यासिनो जाने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आइर्तबार रातभर मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेका उनीहरुलाई सोमबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा यो समूहले १४ लाख रुपियाँ एटीएमबाट चोरी गरेको खु्लेको छ । क्षेत्रपाटी बस्ने नकर्मीले भने ब्रोकरको काम गर्दै आएका थिए ।

उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट, मेगा र टुरिजम बैंकको खाताबाट पैसा निकालेको पनि प्रहरीले जनाएको छ । उनीहरुले स्वाइप मेशिन मार्फत् पैसा निकाल्दै आएका थिए ।

Comments

Top