भारतबाट फर्केलगत्तै प्रचण्ड र ओलीबीच भेटवार्ता

prachanda and oli

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भारत भ्रमण सकेर फर्केलगत्तै प्रचण्डले ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच सोमबार भएको छलफलमा बुधबार सचिवालयको बैठक बस्ने र पार्टी कमिटी र जबज मोर्चा एकताबारे टुंगो लगाउने सहमति भएको छ ।

यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर, भारत भ्रमणमा रहेका प्रचण्ड २४ गते मात्र स्वदेश फर्किएपछि सोमबार पनि सचिवालय बैठक बस्न सकेको थिएन।

Comments

Top