मलामी गएका काभ्रे कोशीपारीका दुई जना सुनकोशीमा बेपत्ता

kavre

 बनेपा । काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख प्रहरी निरीक्षक कञ्चन राजचलका अनुसार पौडी खेल्नेक्रममा उनीहरुलाई नदिले बगाएको हो ।

राजचलले माइन्यूज नेपालसँग भने–‘गाउँकै सुनील पहरीको मलामी गएका दुबै जना महादेवस्थान नजिक घुमाउनेबाट पौडी खेल्ने क्रममा बगेका हुन्। उनीहरुको खोजी कार्य भइरहेको छ । हिजो बेलुकासम्म नजिकका स्थानहरुमा खोज्दा पनि नभेटिएपछि आज तलसम्मै खोज्न जाँदैछौं ।’ राजचल नेतृत्वको टोली तथा स्थानीयवासी अहिले पहारीद्धयको खोजीमा जुटीरहेका छन् ।

Comments

Top