पत्रकारिता र मेडिकल क्षेत्रमा सरकार तानाशाह बन्यो’

chandra bhandari

 काठमाडौं। प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारिता र मेडिकल क्षेत्रप्रति तानाशाहा प्रतिबृति देखाएको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा आज उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाएको बताएका हुन् ।

मिडियाले सही सत्य तथ्य भूमिका खेले जीवनमा प्रचार गर्न नसकेका कुराहरु बाहिर ल्याउन सकिने दावी गर्दै वर्तमान सरकारप्रति व्यङ्ग्य गर्दै उनले भने–‘कांग्रेसको सरकारको पालाको जति वजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिन्छौं ।’

Comments

Top