२ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउँदै खाद्य संस्थान

boka

 काठमाडौं । नेपाल खाद्य संस्थानले नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरेर यस वर्ष पनि विगतकै झैं खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । तर, संस्थानले यस वर्ष भने बढी संख्या ल्याउन लागेको पनि जनाएको छ । संस्थानका अनुसार यस वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याइने छ ।

हरेक वर्ष दशैंमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउँदै आएको संस्थानले यस वर्ष दाङ र हैटौंडमा खासी बोका संकल गरेर काठमडौं ल्याउने भएको छ भने मुस्ताङबाट च्यांग्रा ल्याउन लागेको छ ।

संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्छ । खसीबोका र च्यांग्रा संकलन सकेर काठमाडौं ल्याएपछि मूल्य तोकिने पनि संस्थानले जनाएको छ ।

Comments

Top