मदन र संगिताको ‘फूल फूल्यो पँहेलै’ (भिडियो सहित)

phul

 काठमाडौं । डिलाईट फिल्मसको प्रस्तुतीमा गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाजमा ‘फूल फूल्यो पँहेलै’ गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली पन झल्कने मौलिक शब्द तथा लयलाई प्रस्तुत गरिएको छ ।

मायालुलाई गीतमा निकै रमाइलो पारामा फकाइएको छ । आफनी मायालुलाई बाटो छेकेर कुरेको कुरालाई गीतमा निकै रमाइलो पारामा ब्यक्त गरिएको छ । शशि विक्रम थापाको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । शिव पंगेनीको छायाँकन, अनिल कुमार मर्हजनको सम्पादन तथा शशि विक्रम थापाको निर्देशन रहेको छ ।

Comments

Top