पोखरामा खानेपानीमा पनि सिण्डिकेट ,एउटै जारमा दुइ थरी तौल

watern

 यदुनाथ बन्जरा/कास्की । पोखराका पानी उद्योगले एक वोतल पानी १३ रुपैयामा पसलेलाई वेच्छ । त्यहि पानी पसलेले २५ रुपैयामा ग्राहकलाई वेच्छ । वोतलमै अधिकतम खुद्रा मुल्य (M.R.P.) रु. २५ प्रिन्ट गरिएको छ । पसलेले ढुक्कसँग झण्डै सत प्रतिशत नाफा लिएर ग्राहकलाई पानी बेचिरहेको छ ।

 यस्तै जारको पानीमा पनि मनोमानी मुल्य राखिएको छ । राजधानी काठमाडौंमा ४० रुपैयामा पाउने जारको पानी पोखरामा ७० रुपैया तिर्नु पर्छ । केहि महिना अगाडि सम्म ५० रुपैया प्रति जारमा पाइने पानीको मुल्य एकै पटक २० रुपैया वढाइएको हो । सामान्यतया: कुनै पनि उपयोग्य उत्पादनको मुल्य तोक्ने अधिकार उत्पादकको हुन्छ । वजारको प्रतिस्पर्धा र क्रेता विक्रेताको रोजाइका आधारमा वस्तुको मुल्य वजारले निर्धारण गर्छ भन्ने सर्वव्यापी सिद्धान्त रहि आएको पाइन्छ ।

 तर, नेपालमा भने उत्पादकहरुले मिलेमतो गरि (कार्टेलिङ) वस्तु र सेवाको मुल्य तोक्ने गरेका छन् । यसरी कार्टेलिङ गरि मुल्य तोकिने प्रणाली नै व्यवसायीले स्थापित गरिसकेका छन् । खुल्ला वजार निति भनिए पनि प्रतिस्पर्धात्क पद्धतिवाट मुल्य तोक्न नपाउने गरि उद्योगी व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरि मुल्य तोकेर वजारलाई नियन्त्रणमा लिदै आएका छन् ।

 खास गरि एउटै प्रकृतिको वस्तु तथा सेवा उत्पादक तथा वितरकहरुले मिलेमतो गरि संगठित रुपमै मुल्य तोक्दै आएका छन् । व्यापारी तथा उद्योगीहरुले समिति गठन गरेर उपभोक्ता मुल्य तोक्ने गरेको र त्यसमा राज्य पक्ष मौनता सांधेर वसेको छ । नेपालको विद्यमान कानून वमोजिम कुनै पनि वस्तुमा २० प्रतिशत भन्दा वढी नाफा खानुलाई काला वजारी मानिन्छ । कालावजारी गर्नेलाई जेल सजाय र जरिवाना समेत हुने कानूनी प्रावधान रहि आएको छ । यद्दपि उपभोक्ता ठगि गर्ने संगठित व्यापारिक गिरोहका अगाडि नियमनकारी निकायहरु खरो ढंगवाट प्रस्तुत हुन सकेका छैनन् । राज्य पक्षको उदासिनताको फाइदा उठाएर उद्योगी व्यापारी ले संगठित रुपमै कार्टेलिङ गरेर मुल्य निर्धारण गर्ने गरेका छन् । मुल्यमा उत्पादक र व्यापारीको एकाधिकार भएपछि उपभोक्तालाई दोव्वर मुल्य तिरेर समान खरिद गर्न वाध्य पारिएका छन् ।
पोखरामा विक्री हुने वोतल पानी र जार पानीको मुल्य पनि वजारले निर्धारण गर्दै स्वयम् उत्पादकले आफ्नो उत्पादकको मुल्य तोक्ने हक राख्दैनन् । उत्पादकहरु मिलेर खोलिएको संगठन वोतल वाटर इण्डष्ट्रिज एसोसियसनले पानीको मुल्य तोक्छ जुन सवै उद्योगले पालना गर्छन् । यसरी तोकिएको मुल्य अनुसार १३ रुपैयाको वोतल पानीको खुद्रा विक्री मुल्य २५ रुपैया प्रिन्ट गरिएको हुन्छ । यसै जारको पानीको कम्पनी मुल्य ३० हो त्यहि पानी ग्राहके ७० रुपैयामा किन्नुपर्छ।
पानीमा चरम सिण्डिकेट रहेको स्पष्टै देख्न सकिन्छ । वोतलमा लगाउने नेक सिल देखि जारको विर्कोमा लगाउने स्टिकर समेतमा वोटल वाटर एसोसिएसनको स्टिकर लगाइएको हुन्छ । सिण्डिकेटले गर्दा उत्पादकले आफ्नो व्राण्डको स्टिकर र नेकसिल समेत लगाउन सकेका छैनन् ।

 यसरी सिण्डिकेट गर्दा संगठनले स्टिकर र नेकसिल विक्री गरेर आम्दानी गर्ने गरेको छ । एसोसिएसनले सय पत्ता स्टिकर एक हजार वीस रुपैयामा विक्री गर्ने गरेको छ । त्यो स्टिकर लगाउने अनुमती कसले दियो त्यो पनि खोजी विषय वनेको छ । कृष्टल मिनरल वाटर उद्योग सम्वद्ध व्यक्तिले भने पहिला हामी हाम्रै नेकसिल लगाउँथ्यौं अहिले समितिसँग किनेर लगाउँछौं ।
त्यति मात्र हैन जारको पानी विर्कोमा समेत वोटल वाटर एसोसिएसनको स्टिकर लगाउने गरिएको छ ।

 विर्कोको स्टिकर विक्री गर्न नेकासिल विक्री र दोव्वर मुल्य उपभोक्ता सँग उठाउन पानी व्यवासयीहरुको सिण्डिकेटे काम गरेको छ । राज्यद्धारा जारी कानुनलाई धोती लगएर पानी उद्योगी र व्यापारीहरुले मनोमानी रकम उठाएर करोडौ कमाएका छन् । झण्डै सत प्रतिशत नाफा खाने कालावजारीलाई किन कारवाही हुदैन ? कहिले हुन्छ पानीको मुल्यमा समायोजन ? नियमनकारी निकायले पानी उत्पादक र विक्रेताहरुको सिण्डिकेट तत्काल तोड्न जरुरी रहेको छ । एम.आर.पि. घटाएर पानी विक्री गर्ने सप्लायर्स र पसलेहरुलाई एसोसियसनले तीन हजार सम्म जरिवाना तिराउने गरेको खवर सार्वजनिक भइसकेको छ ।
एउटै जारमा दुइ थरी तौल
कास्की प्रहरीमा पानी सप्लाई गर्दै आएको अमृत जल व्राण्डको पानी भरिएको जारमा दुईथरी तौल राखेको पाइएको छ । सि.एम. आक्वाको डुडे व्राण्डको स्टिकर टांसिएको जार माथि अमृत जलको लेवल टाँसिएको थियो । टुडे पानी भरिरहेको जार अमृतजलले उठाएर आफ्नो स्टिकर टाँसेको फेला परेको थियो ।

 कास्की प्रहरी कार्यालय भित्र पानी आपूर्ति गर्ने अमृत जलधारा ड्रिकिङ वाटर कम्पनीले लगाएको स्टिकरमा पानीको तौल १९ लिटर उल्लेख गरेको थियो भने सोही जारको भित्री स्टिकरमा २० लिटर उल्लेख छ । उक्त जारमा यस अघि टुडे पानीको स्टिकर टाँसिएको छ । टुडे पानीले २० लिटर क्षमता देखाएको छ ।

 गुणस्तर तथा नापतौल कार्यालय पोखराले क्यालिव्रेसन गरेको एउटै जारमा दुई थरि तौल कसरी भयो। टुडेको पानी २० लिटर अट्ने अमृतजलको पानी १९ लिटर अट्ने कुरा कसरी पत्याउने ? टुडेले १ जारमा १ लिटर पानी ठगि गरेको कुरा उसले टाँसेको जारेको स्टिकरवाट स्पष्ट हुन आउँछ ? यो मनोमानी ठगिको छानविन गरि कानुन वमोजिम कारवाही गर्नु पर्ने उपभोक्ताहरुले आग्रह गरेका छने ।

 उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला खानेपानीमा व्याप्त सिण्डिकेट अन्त्य गर्न राज्यले कठोर नीति अवलम्वन गर्नुपर्ने वताउँछन् । पानीको आपूर्ति र उत्पादकको सिण्डिकेट टोडाउन र मूल्य समायोजन कानून वमोजिम हुनुपर्ने अध्यक्ष कोइरालाले वताए ।
यातायात क्षेत्रमा कायम भएको सिण्डिकेट मात्र देख्ने सरकारले खानेपानी जस्तो अत्यावश्यकीय आधारभूत वस्तुमाथिको सिण्डिकेट किन देख्दैन ? खुल्ला वजार, प्रतिस्पर्धात्मक वजारको वकालत गर्दै आएको उद्योग वाणिज्य संघको ध्यान किन गएन ? उद्योग वाणिज्य संघका जिम्मेवार सदस्य तथा पदाधिकारीहरु स्वयम् सिण्डिकेटको नेतृत्व गरिरहेका छन् कहिले सुध्रने निजि क्षेत्र ? कहिले हुन्छ खुल्ला र प्रतिस्पर्धात्मक वजारको अभ्यास ?

Comments

Top