ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो : राष्ट्रपति

bidhya devi

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मलाका बाबुआमा तथा आफन्त न्यायका लागि छट्पटिनु दुःखद भएको पनि बताएकी छन्।

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्दै राष्ट्रपति भण्डारीले हत्यामा सङ्लग्न अपराधीलाई चाडो भन्दा चाडो कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै न्यायका लागि सम्बन्धित पक्ष गम्भिर र संवेदनशिल बन्नुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यवहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने बताइन्। बालबालिकामाथि हुुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने भन्दै उनले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्कभएकाले यसलाई जरैदेखि उखलेर फाल्नुपर्ने बताइन्।


कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताइन्।

Comments

Top