अधिकारीको पहलमा नेविसंघ जापान शखाले पायो पूर्णता

dipak adhikariजापान । नेपाल विद्यार्थी संघ जापान शाखाले ४ शाखा अध्यक्ष साहित ३७ जनाको कार्यसमिति गठन गरेको छ। जापान शाखा अध्‍यक्ष दिपक अधिकारीले आज जापान शाखाको विस्तार गरेका हुन् ।

यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले जापानमा शाखा विस्तार र नेविसंघ विभागमा रहेर काम गर्नको लागि अधिकारीलाई जापान शाखा अध्यक्षको जिम्मेवारी दिएका थिए। पछिल्लो सयम जापानामा नेपाली विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा विद्यार्थी रहेका विभिन्न शहरबाट प्रतिनिधित्व गर्ने गरी शाखा विस्तार गरेको अध्यक्ष अधिकारीले बताएका छन्।

१२ जना पदाधिकारी, चार शाखा अध्यक्ष र २१ जना सदस्य सहित ३७ जनाको कार्यसमित अध्यक्ष अधिकारीले गठन गरेका हुन्। अध्यक्ष बाहेक १२ पदाधिकारीमा ५ उपाध्यक्ष, एक महामन्त्री, ५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहेका छन्। त्यस्तै चार वटा शहरलाई केन्द्रित गरी शाखा अध्यक्षको जिम्मेवारी दिइएको छ। जसमा टोकियो शाखाबाट प्रविण यादब , फुकाको शाखाबाट निराजन कार्की, नगोया शाखाबाट संजिव महतरा क्षेत्री र अकिनोवा शाखाबाट रमेश अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

अध्यक्ष अधिकारीले नेपाल विद्यार्थी संघको विधान बसेर जापानामा रहेका नेपाली विद्यार्थीको हक हित र सांगठानिक विस्तारको काममा आफू सक्रिय हुने बताएका छन्। नेपाल विद्यार्थी संघले आगामी कात्तिकमा हुने महाधिवेसनलाई केन्द्रित गरेर संघका शाखाहरूमा अधिवेसन गर्न सुरु गरिसकेको छ।

Comments

Top