बार्साको अपराजित यात्रा कायमै, रियल सोसिडाड २–१ ले पराजित

suwraj

 काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा १२ मिनेटमा नै गोल खाएको बार्सिलोनाले अन्ततः अपराजित यात्रा भने कायमै राख्न सफल भएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १२ मिनेटमै इलुस्टुन्डोको गोलबाट सोसिडाडले प्रारम्भिक अग्रता लियो । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा भने आक्रमक खेल प्रस्तुत गर्दै दुई गोल हानेर जित निकाल्यो ।

खेलको दोश्रो हाफमा ३ मिनेटभित्र दुई गोल गर्दै बार्सिलोनाले शतप्रतिशत सुरूवात गरेको हो । खेलको ६३ औं मिनेटमा लुइस स्वारेजले बराबारी गोल गरेका थिए भने ६६ औं मिनेटमा दसमाने ड्याम्बेलेले दोश्रो गोल गर्दै बासिलोनाको अपराजित यात्रालाई निरन्तरता दिए । ४ खेलबाट १२ अंकको बार्सिलोना सत्प्रतिशत नतिजा निकाल्ने पहिलो स्पेनिस टिमसमेत बनेको छ ।

Comments

Top