अब नायाँ खाता खोल्न बैंक जानु नपर्ने, माछापुच्छ्रेको ल्यायो नयाँ योजना

machhe

 काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चाल नगर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । अनलाइन खाता खोल्न ग्राहकले बैंकको वेबसाइटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ ।

इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाइल, ट्याबलेट/आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।माछापुच्छ्रे बैंकले बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरी ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खातामा ५ प्रतिशतदेखि अधिकतम् ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । बैंकले मुद्दती निक्षेपमा पनि १०.५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।

 

Comments

Top