फेरि दुई रुपैयाँ बढ्यो पेट्रोलको मूल्य

petrol

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

Comments

Top