निर्मला बलात्कार–हत्या प्रकरण : प्रहरीको अर्को टोली घटनास्थलतर्फ

nirmala panta_1

  काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा अनुसन्धान गर्न फेरि प्रहरीको अर्को टोली खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उक्त घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

स्थानीय बासिन्दा, पीडित तथा स्थानीय महिलाअधिकारकर्मीसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा टोली खटाइएको हो । प्रहरी प्रधान कार्यालयले उक्त घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहँदा पनि प्रहरीलाई नै अप्ठेरो पार्नेखालका समाचारहरु आइरहेका बेला फेरि पनि महिला प्रहरीको नेतृत्वमा अर्को प्रहरी टोली गठन भएको हो ।

प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी नराखेको पनि जनाएको छ । यस अघि प्रहरी प्रधान कार्यलयले एआईजीमा सिफारिस भएका डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अनुसन्धान समिति बनाएर काम शुरु गरिसकेको छ ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

Comments

Top