‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ मा नेपालमा नै पहिलो पटक डाइनामाइटको स्वाद

bamboo 1

 काठमाडौं । राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेलको सात घुम्तीमा ‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ नामक रेष्टुरेन्ट छ । झन्डै एक वर्ष अघिबाट सञ्चालनमा आएको रेष्टुरेन्टले नेपालमा नै पहिलो पटक डाइनामाइटको स्वाद भित्र्याएको छ । जसले गर्दा पनि नयाँ स्वाद लिन चाहने स्वदेशी तथा विदेशी यो रेष्टुरेन्टमा पुग्ने गर्छन् । नयाँ परिकारका साथ सञ्चालित रेष्टुरेन्टले संगितको आनन्द लिंदै विभिन्न परिकारका खानेकुराको व्यवस्था मिलाएको छ । यस रेष्टुरेन्टरले नेपाली परम्परालाई समेत अँगालेर अगाडि बढिरहेको छ ।

‘रेष्ट्रो द क्लासिक ब्याम्बु’, फेमिली रेष्टुरेन्ट पनि हो । ठमेलजस्तो ठाउँमा एथेस्ट पार्किङ स्थाल भएको यस रेष्टुरेन्टमा नेपाली, चाइनिज, इण्डियन, कन्टिनेन्टल र इटालियन खानाको स्वादसँगै लाईभ म्युजिक हेर्ने र सुन्ने अवसर मिल्ने सञ्चालक विशाल खड्गीले बताए । उनी भन्छन्–‘ग्राहकहरुको चाहना र इच्छा अनुसार हामीले हप्तामा दुई दिन बुधबार र शुक्रबार नयाँ–नयाँ म्यूजिक व्याण्डलाई ल्याएर लाईभ प्रस्तुती समेत दिंदै आएका छौं ।’

bambooतीन तलामा फैलिएको रेष्टुरेन्टमा बर्थ डे पार्टी, सेमिनार तथा विभिन्न कार्यक्रमको समेत आयोजना गर्न सकिने रेष्टुरेन्टका अर्का सञ्चालक सुपेशमान श्रेष्ठले बताए । झण्डै दुई दर्जन कर्मचारीहरुले सेवा प्रदान गरिरहेको रेष्टुरेन्टमा १५० जना भन्दा बढिको क्षमता रहेको छ । रेष्टुरेन्टमा सुविधासम्पन्न मिटिङ हल पनि रहेको श्रेष्ठले बताए ।

bamboo 2

नेपालमा नै पहिलो पटक डाइनामाइटको स्वाद लिएर आएको दावी गर्ने खड्गीलाई हामीले डाइनामाइट भनेको के हो ? भनेर प्रश्न गर्दा उनी भन्छन्–‘यो एक प्रकारको सस हो । जसमा स्वीट, सेवरी र स्पाइसी (गुलीयो, अमिलो र पीरो) को स्वाद लिन सकिन्छ । काठमाडौंकै बसन्तपुर र कमलपोखरीमा सिएफसीको नाममा सञ्चालित ‘रेष्ट्रो द क्लासिक ब्याम्बु’का शाखाहरुले एउटै स्वाद प्रदान गर्दै आएको खड्गी दावी गर्छन् । ‘हामीले मम, ससलगायत एकै स्थानमा बनाउँछौं र तीन वटै शाखामा त्यसैलाई पु¥याउँछौं । जसले गर्दा ग्राहकहरुलाई एउटै स्वाद दिन सफल भएका छौं ।’ खड्गीले थपे ।

‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ मा नेपालीपनको झल्को दिनकै लागि रेष्टुरेन्टमा हलोजुवा, बेतका कुर्सीहरु, बाँसका जराबाट बनेका विभिन्न सजावटका सामग्रीहरुको समेत प्रयोग गरिएका छन् । ‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ ले ग्राहकहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरी फ्रेस जुस, विभिन्न प्रकारका स्न्याक्सहरुको पनि व्यवस्था गरेको छ । रेष्टुरेन्टमा ब्रेकफास्टको पनि सुविधा रहेको छ ।

साधारण वर्गलाई लक्षित गरी समय अनुसारको मूल्य सूची राखीएको बताउने सञ्चालक खड्गी ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क नलिएको दावी गर्छन् । विदेशी पाहुनाहरुले खचाखच हुने ठमेलमा नेपाली ग्राहकहरु पनि लाइभ म्युजिकमा झुम्दै नयाँ स्वाद लिन आउने उनले बताए । उनी भन्छन्–‘नेपालमा पहिलो पटक डाइनामाइटको स्वाद भित्र्याएका छौं । एक पटक तपाईहरु पनि ‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ मा आएर लाइभ म्युजिकमा झुम्दै यसको स्वाद लिनुहोस् ।’ डाइनामाइट भन्ने वित्तिकै चिकेन भन्ने नबुझ्न आग्रह गर्दै सञ्चालक खड्गी भन्छन् हामीले भेज(साकाहारी) परिकारमा पनि डाइनामाइटको स्वाद दिंदै आएका छौं ।’

bambo3ग्राहकहरुलाई दिएको सेवा र सुविधाकै कारण छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘रेष्ट्रो द क्लासिक ब्याम्बु’ले मुख्य–मुख्य स्थानहरुमा शाखा विस्तार गरी सेवा अझै बढाउने लक्ष्य लिएको खड्गीले बताए ।

Comments

Top