विदेशमा समेत आर्टको काम गर्दै वान डे पेन्टिङ

one day 1

 काठमाडौं । विगत लामो सयमदेखि आर्ट एण्ड डेकोर सम्बन्धि सेवा प्रदान गर्दै आएको संस्था वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गरेको छ । काठमाडौं, चितवन, पोखरा, धरान, विर्तामोड, लुम्बिनी, मनाङ, जिरीलगायत देशका मुख्य शहरहरुमा आर्ट र पेन्टिङको सेवा दिइसकेको यस कम्पनीले आफ्नो सेवालाई थाइल्याण्डसम्म विस्तार गरेको हो ।

वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले हालै थाइल्याण्डस्थित नेपाली दूतावासको कार्यालयमा नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउने आर्ट गरेको छ । नेपालमा नै पहिलो पटक स्थापना भएको यस कम्पनीले बैंककस्थित नेपाली दूताबासको सहकार्यमा आर्टको काम सम्पन्न गरेको कम्पनीका प्रवान्ध निर्देशक एवम् सिनियर कलाकार ओमबहादुर दर्नालले बताए ।

स्थानीय स्तरमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा विस्तार गरेसँगै नेपाली कला, संस्कृती र पर्यटकीय स्थलहरुको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणका लागि विशेष टेवा पुग्ने कम्पनीका बजार प्रबन्धक शेखर आचार्यले बताए ।

दूताबासमा गरिएको आर्टको विषयमा माइन्यूज नेपालसँग कुरा गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भने–‘वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले गरेको काम एकदमै सह्राहनीय छ । यसले प्रत्यक्ष रुपमा नेपालको कला, संस्कृतीलाई जोगाउन र पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन एकदमै महत्वपूर्ण भूमिका खेल्ने छ ।’

one day

गैर आवासिय नेपाल संघ बैंककका अध्यक्ष आशाजित अवालेले पनि वाड डेले गरेको कामले विदेशमा नेपालको मौलिकतालाई उझ उचाई दिने बताउँदै बैंककमा यस्ता कामको बजारीकरणका लागि सहजताको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । ‘फेस आर्ट’, ‘क्यानभास आर्ट’ तथा साजसज्जा सम्बन्धि सेवा र सुविधा समेत दिंदै आएको कम्पनीले घर तथा कार्यालयहरुमा विभिन्न किसिमको आर्ट गर्दै आएको छ ।

यस अघि पनि कम्पनीले चितवानमा आयोजित हात्ति पोलो महोत्सवमा गरेको ‘फेस आर्ट’ र ‘क्यानभास आर्ट’ का कारण चर्चा कमाएको थियो । त्यतिबेला पनि सौराहामा वान डेको स्टलमा शरिरमा आर्ट गराउनकै लागि विदेशी तथा स्वदेशी पर्यटकहरुको भिड लागेको थियो ।

कम्पनीले आर्ट एण्ड डेकोरको काम रसिया र इटालीमा आयातित रङबाट गर्दै आएको छ । ललितपुरको कुपन्डोलमा मुख्य कार्यालय रहेको कम्पनीले निकट भविश्यमा चितवानलगायत पर्यटकीय शहरहरुमा शाखा विस्तार गर्ने योजना समेत बनाएको बजार प्रबन्धक आचार्यले बताए ।

Comments

Top