एसपी विकासराज खनाललाई साधारण तारेखमा छाड्न आदेश

bikash raj khanal

 मोरङ । उच्च अदातल, मोरङले साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधरण तारेखमा छाड्न आदेश दिएको छ । अदालतले एसपी खनाललाई मंगलबार साधारण तारेखमा छोड्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालतले मोरङले खनाललगायत अन्य विशिष्ठ श्रेणीका प्रहरी अधिकारीहरुलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

खनाल मकवानपुरको एसपी छँदा साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडेर गृह मन्त्रालयद्धारा गठित छानविन समितिले उनलाई नियतबस पक्राउ गरेको थियो । यसअघि महानगरिय अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेस लोहनी पनि छुटिसकेका छन् ।

Comments

Top