उपराष्ट्रपति पुन चीनको छेन्दुमा

nandapun

 काठमाडौं । चीनको छ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन्। पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उप सचिव यान वि पिङले स्वागत गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

 उपराष्ट्रपति छेन्दुमा बिहिबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन्। पुनले बिहीबार विहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई संबोधन गर्नेछन्।

 उपराष्ट्रपतिको भ्रमण टोलीमा पुनपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी छन्।

Comments

Top