भारतीय हतियारधारी समुहले खुर्सिद आलमको किन हत्या गर्‍यो ?

khursid

 इनरुवा । मोटरसाइकलमा आएको भारतीय हतियारधारी समुहले सुनसरी जिल्लाको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको छ । भारतबाट मोटरसाइकलमा आएको समूहले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरे ।

 बिहीबार बिहान हरिनगर २ का स्थायी बासिन्दा आलममाथि गोली हानेर सो समूह फरार भएको थियो । गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको छ । वृद्धबजारबाट झुसी जाने बाटोमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 आलमलाई गोली हानेर फर्किएका हतियारधारीले प्रहरीमाथि पनि गोली चलाएका छन् ।  हतियारधारीको गोली प्रहारबाट प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन् ।

 हतियारधारी समुह मोटरसाइकलमा भागेको सुचना पाएपछि कुरेर समात्न खोज्दा उल्टै उनीहरुले प्रहरीमाथि गोली चलाएका हुन । तीघ्रा, कम्मर र ढाडमा गोली लागेका पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ । घटनापछि नेपाल र भारत सीमा नाका सिल गरिएको छ ।

 हतियारधारी समुहले खुर्सिद आलममाथि गोली प्रहार गरी किन हत्या गर्‍यो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार यो घटनालाई प्रहरीले जमिम शाह, फैजान अहमद र युनुश अन्सारीमाथिको गोली काण्डकै जस्तो घटनाका रुपमा लिएर अनुसन्धान सुरु गर्न लागेको छ। खुर्सिद आलमका बारेमा नेपाल प्रहरीको बिशेष व्युरो समेत जानकार रहेको स्रोतले उल्लेख गरेको छ  ।

Comments

Top