राँगा भनेर भैंसीको मासु बेच्ने ४ वधशालामा शिलबन्दी

rajya mantir

 काठमाडौं । सरकारले चार पशुवधशालाको मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ । सरकारी टोलीले ललितपुरका वधशाला अनुगमन गर्दै न्यूनतम् मापदण्ड पूरा नगरेका ४ वटामा शिलबन्दी गरेको हो । कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहानदेखि ललितपुर क्षेत्रका पाँचवटा वधशालाको स्थलगत अनुगमन गरेको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको शुक्रबर भएको अनुगमन वधशालाहरु मपदण्ड पुरा नगरेको फेला परेपछि बिक्री बितरणमा प्रतिबन्ध लगाएको हो । अनुगमन टोलीले लगनखेलमा सञ्चालिन ५ वटा वधशालाको अनुगमन गरेको थियो । त्यसक्रममा मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु वधशालाको मासु बिक्री÷वितरणमा प्रतिबन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले बताए ।

महार्निेशक निर्मलले भने–‘यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पालना नगरेको मासु बिक्री बितरणमा प्रतिबन्ध लगाएको हो ।’देव र सुनिलको वधशाला दर्ता पनि थिएन भने चारैवटा वधशालाले रागा भनेर मैसी काट्ने गरेको र अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको पनि पाइएको छ । काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।
कृषि राज्यमन्त्री चौधरीले व्यवशायको नाममा आम मानिसको स्वास्थ्यसाग खेलवाड गर्ने काम भएको जनाउदै सुधार नहुन्जेल अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् । अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो । त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो ।

 

Comments

Top