टोकियो बससँगको सम्झौता एक वर्षका लागि थप, एनआरएन जापानका अध्यक्ष लामाले गरे हस्ताक्षर

japan

  काठमाडौं । नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको पहलमा सञ्चालन हुँदै आएको टोकियो बससँगको सम्झौता पुनः एक वर्षका लागि थप भएको छ । टोकियोको मेगुरो बस स्टेशन बाट नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बससँगको सम्झौता अर्को बर्षका लागि नबिकरण भएको हो। ट्रेन स्टेशनबाट राजदूताबास सम्म जानको लागि प्रयोग गरिने ४ वटा रूटका फरक–फरक बसमा यो सेवा लिन सकिनेछ।

मेगुरो बस स्टेशनबाट ४ वटा रूटका बस एक दिनमा ४०० पटक दुतावासको अगाडिको बाटो हुँदै चल्ने गर्दछन् । राजदुतावास नजिकको बस स्टेशन आएपछि दिनमा प्रत्येक बसले ‘नेपाली राजदुतावास आयो यो स्टेशनमा, ओर्लदा सहज हुन्छ र नजिकको पेट्रोल पम्प लाई दाहिने पारेर मोडिनु जसको केहि अगाडि नेपाली राजदुतावास छ’ भनेर जापानी र अंग्रेज़ी भाषामा उद्घोष गर्ने गर्दछ।

त्यसैले पनि उक्त बस यात्रा गर्ने हजारौ पर्यटकहरुले नेपाली राजदुतावासको नाम सुनेपछि नेपालको बारेमा अझ बढि चासो लिने गरेको एनआरएनए जापानका अध्यक्ष श्री टासि वाङदी लामाले बताए । उनले भने–‘एक दिनमा ४ सय पटक बस त्यस स्टेशनमा रोकिन्छ भने ४ सय पटक नै उद्घघोष गर्ने छ। सन २०१५ को रेकर्ड अनुसार एक बर्षमा, १ करोड ३७लाख २७हजार २ सय २३ जना प्यासेन्जरहरुले त्यो रुटमा यात्रा गर्ने गर्दछन् । उक्त सेवा लिए बापत बस ब्यवसायिलाई बार्षिक ४ लाख २० हजार जापानी येन शुल्क भक्तानी गर्नुपर्ने छ ।’

सन २०१९ अक्टोबर सम्मका लागि नेपाली राजदूताबास जापान र एनआरएनए जापान ले ५०/५० प्रतिशत रकम भुक्तानी गरेर नबिकरण गरिएको एनआरएनए जापानका अध्यक्ष लामाले जानकारी गराए । यो सुबिधा सन् २०१७ अक्टुवर १ तारिक बाट प्रारंभ भई यहि अक्टुवरमा सम्झौता सकिँदै थियो । नेपाली राजदुतावास टोकियोमा एक बर्षको लागि भएको सम्झौता पत्रमा अध्यक्ष लामा र टोकियो बसबीच हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर कार्यक्रममा एनआरएनए जापानका बरिस्ठ उपाध्यक्ष देबिलाल भण्डारी, उपाध्यक्ष शिब प्रसाद पौडेल, सह कोषाध्यक्ष राम थापाको पनी उपस्थिति रहेको थियो ।

Comments

Top