प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै

kpoli

 काठमाडौं । युक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलार्इ पनि भ्रमण टोलीमा समेटिएको छ ।

 

Comments

Top