कोइराला परिवारमा नयाँ सहमति, कांग्रेसको नयाँ नेतृत्व लिन खोज्दै डा.शशांक

sashank koirala

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति कोइराला परिवारबाटै आउने बताएका छन् ।बुटवलमा आइतबार आयोजित कार्यक्रममा डा.कोइरालाले कार्यकर्ताको माया र चाहना अनुसार कोइराला परिवारबाट सभापतिमा आउन लागेको बताए ।

‘कोइराला परिवारको कांग्रेसमा लगानी छ । त्यसैले अबको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’, महामन्त्री कोइरालाले भने–‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ । सुजाता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’

शेखर, सुजाता र आफूमध्ये एक जना सहमतिमै सभापतिमा आउने उनले बताए । उनले भने–‘हाम्रो परिवारको पार्टीमा धेरै ठूलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ ।’

यद्यपी उनले नै सभापतिमा आउने इच्छा देखाएको कोइराला निकट स्रोतको दावी छ । महामन्त्री डा. कोइरालाले देशभरका कांग्रेस नेताकार्यकर्ताको माया र चाहना कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहाका क्रममा पाएको बताए ।

चार वर्षपछिको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने डा.कोइरालाको भनाई छ । वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाउँदै उनले भने–‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन ।’

Comments

Top