२८ हजार ६ सय डलर फिर्ता नरेश अष्ट्रेलियामा पुरस्कृत

naresh

  काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा रहेका एक नेपालीले भेट्टाएको रकम र पासपोर्ट फिर्ता गरेर नेपालीहरुकै इज्जत बढाएका छन् । उनको गरेको प्रसंसायोग्य कामका कारण उनलाई पुरस्कृत समेत गरिएको छ । उनले ट्रेनमा भेटिएको २८ हजार ६ डलर र पासपोर्ट सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका थिए ।

उनलाई सिड्नी ट्रेनले इमानदारिताको लागि पुरस्कृत गरेको हो। ति इमान्दार व्यक्ति हुन् भक्तपुरका नरेश अवाले । नरेश र उनका सहकर्मी फहाद सेमलाई इमान्दार कर्मचारीको रुपमा सिड्नी ट्रेनका प्रमुख कार्यकारी अधिकृत हाबर्ड कोलिनले ‘बियोंड द ब्रिलेंस’ पुरस्कार प्रदान गरेका हुन्।

सिड्नी ट्रेनमा कार्यरत दशौं हजारमध्ये १४ जना ईमानदार कर्मचारीमा भक्तपुरका नरेश अवाले पनि पुरस्कृत भएका हुन् ।

Comments

Top