जापानका उन्नत कृषि प्रणाली र बिउ नेपाल भित्र्याउन पहल

japan

 जापान । गैर आवासीय नेपाली संघ (एनआरएन) को बिशेष सहयोग मा जापानमा ‘नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका’ बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समितीका विश्व उप–सम्योजक कपिल देव थापाले एनआरएन कृषि प्रवर्द्ध समिती गठन गर्नु को उद्देश्य, संगठनात्मक संरचना र अहिले सम्मको प्रगति विवरण र भावि योजनाको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी कार्यक्रममा टोक्यो कृषि विश्वविद्यालयमा पोस्ट डक्टर रिसर्चर मा कार्यरत साथै एशिया प्रशांत क्षेत्रका संयोजक डा. एबिन कुँवरले ‘नेपालमा कृषिमा लगानीका सम्भावना’ को विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमले एनआरएन जापान र आइसिसि कृषि प्रवर्द्ध समितीले जापानमा नै एक बृहत कृषि बिज्ञ भेला गरी नेपालको हावापानी र भौगोलिक अवस्था अनुसार जापानका उन्नत कृषि प्रणाली र बिउ बिजनको बारेमा अनुसन्धान गरेर नेपालमा कृषि प्रबिधि भित्र्याउन पहल गर्ने निर्णय गरिएको एनआरएनए जापानका अध्यक्ष  टासि वाङदी लामाले बताए ।

Comments

Top