एनआरएन जापानद्वारा नेपाली विद्यार्थीहरुलाई छात्रबृत्ति

japan_1

  जापान । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने देशमध्ये जापान पनि एक हो । अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु जाने देशमध्ये अग्रपंक्तिमा पर्छ जापान ।

नेपाली विद्यार्थीहरुका लागि जापान प्रमुख गन्तव्यको रुपमा विकसित भएसँगै जापानमा कार्यरत विभिन्न संघ संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । जसबाट विद्यार्थीहरु पत्यक्षरुमा लाभान्वित भइरहेका छन् ।

जापानमा विद्यार्थीहको संख्य बृद्धि भएसँगै दिन प्रतिदिन बढ्दै गरेका विभिन्न खालकासमस्या समाधानका लागि एनआरएनए जापानले विशेष पहलकदमी शुरु गरेको छ । एनआरएनए जापानले जापानीज भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना नेपाली विद्यार्थीहरूलाई मासिक ३ मान बराबरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतका अनुसार उच्च शिक्षा अध्ययनको उद्देश्य बोकेर नेपाल आएका तर, कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनका लागि नै समस्यामा परेका विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गर्दै छात्रबृत्तिको निर्णय गरिएको हो ।

international Human Resource network organisation (IHNO) को सहकार्यमा एनआरएनए जापानले छात्रबृत्ति प्रदान गर्न लागेको हो । एनअरएनए जापानका अध्यक्ष टासि वाङदी लामाले छात्रवृत्तिका लागि आवेदन खूल्ला गरिएको र इच्छुक बिध्यार्थीले आवेदन दिन सक्ने माइन्यूज नेपाललाई बताए । उनका अनुसार जापानको जुनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन। त्यसका लागि विद्यार्थीहरुले https://goo.gl/forms/nHytT6nWXKb3DxkD3 लिंकमा गई फर्म भर्नुपर्नेछ ।

छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित विद्यार्थीको व्यक्तिगत बैंक खाता मार्फ़त प्रत्येक महीना ३० हजारका दरले रकम प्रदान गरिने पनि अध्यक्ष लामाले बताए । तर, विद्यार्थीहरुले छात्रवृत्ति लीन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढ़ी समय काम गर्न पाउने छैनन् ।

यसको प्रभावकारीता बढेक़ो खण्डमा आगामी दिनमा अझै थप गर्दै लैजाने अध्यक्ष लामाले बाताए । छात्रवृत्ति छनौट गर्दा विद्यार्थीको बायोडाटा, नेपालमा अध्ययन गरेको प्रमाणपत्र, र हाल अध्ययनरत स्कुलको हजिरि समावेश गर्नुपर्नेछ ।

Comments

Top